कपिलवस्तु मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर २ लाई

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १६ फागुन । कपिलवस्तु नगरपालिकाद्वारा सञ्चालित पाँचौं नगरस्तीय मेयर कप क्रिकेट प्रतियोगिता उपाधी वडा नम्बर २ ले जितेको छ ।

तौलिहवामा सम्पन्न प्रतियोगिता वडा नम्बर ९ लाई ३ विकेटले हराउँदै वडा नम्बर २ ले लगातार दोश्रो वर्ष पनि कप जितेको हो । जीतसँगै कपसहित नगद ५० हजार उसले हात पार्यो ।

दोश्रो भएको वडा नम्बर ९ ले कपसहित नगद ३० हजार पाएको थियो । वडा नम्बर ९ ले दिएको ९७ रनको लक्ष्य १७ दशमलव १ बलमा ७ विकेटको क्षतिमा वडा नम्बर २ ले लक्ष्य पार गरेको थियो ।

टस जितेर पहिलो ब्याटीङमा उत्रेको वडा नम्बर ९ निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९६ रन बनाएको थियो । ३८ रन बनाएर उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर २ का जितेन्द्र पाण्डेय मैन अफ द म्यान घोषत भए ।

यस्तै, प्रतियोगिता भर कुल १ सय १२ रन र ८ विकेट लिएका वडा नम्बर २ कै रामनिवास यादव मैन अफ द सिरिज घोषित भए । उनलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा १२ वटा खेलमा मैन अफ द म्याच भएका ११ खेलाडीलाई नगद १ हजार प्रदान गरिएको थियो ।

सो अवसरमा पूर्वमन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, नगर प्रमुख किरण सिंहले संयुक्तरुपमा कप, नगद, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

महामन्त्री आचार्यले क्रिकेट खेलले कपिलवस्तुले बिस्तारै जिल्लाको नाम उचो राख्दै गएको बताए । उनले खेलले आपसमा मैत्रिभाव सहीत लागु औषधी जस्तो कुलतमा फसेको युवाहरुलाई सकरात्मक बाटोमा प्रोत्साहीत गरेको बताए ।

नगर प्रमुख सिंहको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रमा कांग्रेस नेता सुधारक पाण्डेय, उप प्रमुख लक्ष्मी गु्प्ता, कार्यक्रम संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शुभकामनन मन्तव्य दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ