रूपन्देही, १६ फागुन । तिलोत्तमा नगरपालिका–१३ स्थित भित्री सडकमा लु.४५ प ९९६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१४ टिकुलिगड बस्ने ४६ वर्षीय ऋषिराम पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया