मोरङ, १६ फागुन । रंगेली नगरपालिका–२ कमल झोडा बस्ने राज कुमार भुजेलको भान्सा घरमा आगलागी हुँदा तीन जनाको घर जलेका छन् ।
आइतबार साँझ आगलागी भई बस्तीमा समेत फैलिएर ३ जनाको घर तथा भान्साघर जलेर करिब ९ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीयबासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया