लोसपाले २८ वटा जनवर्गीय संगठनहरु निर्माण गर्ने

समाचार

काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आफ्नो २८ वटा भ्रातृ÷जनवर्गीय÷शुभेच्छुक संगठनहरु निर्माण र सञ्चालन गर्ने निर्णय गरेको छ ।

गत मंगलबार र सोमबार लोसपाको शीर्ष तहका नेताहरुको बैठकले पार्टीको अन्तरिम विधानको धारा २३ (१) अनुसार विभिन्न २८ वटा जनवर्गीय संगठनहरु निर्माण र सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

लोसपाले लोकतान्त्रिक विद्यार्थी संघ, लोकतान्त्रिक युवा संघ, लोकतान्त्रिक महिला संघ, लोकतान्त्रिक प्राध्यापक संघ, लोकतान्त्रिक बुद्धिजीबी संघ, लोकतान्त्रिक शिक्षक संघ, लोकतान्त्रिक किसान संघ, लोकतान्त्रिक भू.पू. कर्मचारी संघ, लोकतान्त्रिक मुस्लिम संघ, लोकतान्त्रिक दलित संघ, लोकतान्त्रिक आदिवासी जनजाति संघ, लोकतान्त्रिक सांस्कृतिक तथा कलाकार संघ, लोकतान्त्रिक चिकित्सक तथा स्वास्थ्य प्राविधिक संघ र लोकतान्त्रिक ट्रेड युनियन संघ निर्माण गर्ने निर्णय गरेको छ ।

यसैगरी, लोकतान्त्रिक पत्रकार संघ, लोकतान्त्रिक थारु संघ, लोकतान्त्रिक नाई संघ, लोकतान्त्रिक अपाङ्ग संघ, लोकतान्त्रिक भू.पू. प्रहरी संघ, लोकतान्त्रिक भू.पू. सैनिक संघ, लोकतान्त्रिक कृषि मजदूर संघ, लोकतान्त्रिक ईन्जिनियर संघ, लोकतान्त्रिक कानून व्यवसायी संघ, लोकतान्त्रिक गैसस संघ, लोकतान्त्रिक खेलकुद संघ, लोकतान्त्रिक उद्योग वाणिज्य महासंघ, लोकतान्त्रिक सहकारी संघ र लोकतान्त्रिक प्रवास संघ निर्माण गर्ने अध्यक्ष ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ