स्थानीय चुनावमा एमालेसँग गठबन्धन गर्ने महन्थ ठाकुरको घोषणा

समाचार

जनकपुरधाम, १७ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले स्थानीय चुनावमा केही सिटमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने बताएका छन् ।

मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ठाकुरले स्थानीय चुनावमा नेकपा एमालेसँग गठबन्धन हुन सक्ने उल्लेख गरे । यद्यपि यस विषयमा हालसम्म कुनै छलफल नभएको अध्यक्ष ठाकुरले स्पष्ट पारे ।

उनले स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन गर्न सक्ने बताउँदै आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा तथा प्रतिनिधिसभासम्म तालमेल हुन सक्ने बताए ।

उनले भने, ‘एमालेसँग हाम्रो त्यस्तो कुनै असन्तुष्टि छैन । आउँदो स्थानीय तहको निर्वाचनका लागि छलफल हुन्छ ।’ उनले अघि थप्दै भने, ‘सबै ठाउँमा नभएपनि स्थानीय स्तरमा गठबन्धन गर्न सकिन्छ । अहिले भने हाम्रो कसैसँग कुनै पनि गठबन्धन भएको छैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ