ब्राउन सुगरसहित एक जना पक्राउ

समाचार

बर्दिया, १८ फागुन । बढैयाताल गाउँपालिका–८ सिमा नगरबाट करिब ३ ग्राम २ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बासगढी नगरपालिका–९ तोरैया बस्ने ४२ वर्षीय शेर राम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बा.४४ प २९०१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका शेर रामलाई प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ