काठमाडौं, १९ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वीरगञ्ज महानगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको अध्यक्ष मनोनयन गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले वीरगञ्ज महानगरपालिकाको पार्टी अध्यक्षमा ओमप्रकाश सर्राफलाई मनोनयन गरेका छन् । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाको पार्टी अध्यक्षमा मनोज चौधरीलाई मनोनयन गरिएको छ ।
जसपाबाट लोसपा अलग भएपछि अहिले संगठन निर्माणको प्रपक्रयालाई पार्टीले तीव्रता दिएको छ । प्रदेश, जिल्ला समिति गठन गर्दै स्थानीय तहमा प्रवेश गरेको छ ।
केन्द्रले प्रदेश र जिल्ला जस्तै पालिकाहरुमा हाललाई संयोजक मात्र चयन गरिरहेको छ । पछि संयोजकले कार्यसमिति विस्तार गर्ने नीति लोसपाले लिएको छ ।
तपाईको प्रतिक्रिया