सांसद् प्रदीप यादवमाथिको कारबाही फुकुवा

समाचार

काठमाडौँ, १९ फागुन । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले सांसद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्यकारी समितिको बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।

जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको थियो ।

देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नपरेको भन्दै उनी पक्षका नेता तथा कार्यकर्ताले पार्टी अध्यक्षको विरोधसहित पुत्ला दहन गरेका थिए । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोपसमेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ