जनकपुरभाम, १९ फागुन । धनुषाका व्यवसायीहरुलाई नेपाल–भारतको सीमावर्ति क्षेत्रबाट सामान ल्याउन कठिनाई भईरहेको भन्दै धनुषाका सुरक्षा निकाय तथा सरोकारवालासँग गुनासो गरेका छन् ।
नेपाल–भारत सीमा क्षेत्रबाट सामग्री नेपाल ल्याउँदा प्रहरीदेखि भन्सारसम्म असहयोग हुने गरेकाले व्यापक बाधा अवरोध हुँदा असुरक्षा समेत हुने गरेकाले तत्काल समस्यालाई सहज गरि दिनका लागि व्यवसायीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई आग्रह गरेका हुन् ।
व्यापारी व्यवसायीले नियमपूर्वक कानूनको पालना नगर्दा चोरी पैठारीदेखि तस्करीसम्म बढ्ने गरेकाले गलत प्रवृत्तिलाई निरुत्साहित सहित कारवाही प्रक्रिया अघि बढाइउन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी पौडेलले व्यापारी व्यवसायीलाई कानूनको पालना गर्दै राजस्व तिरेर सही बाटोबाट सामग्री ल्याउन बताए ।
बुधबार जनकपुरधाम उद्योग वाणिज्य संघले आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष जितेन्द्र महासेठले व्यापारी तथा व्यवसायीलाई सिमावर्ती क्षेत्रबाट सामग्री ल्याउन निकै कठिनाई र चुनौती हुने गरेकाले समन्वयात्मक भूमिका निर्वाह गरि दिनका लागि सुरक्षा निकाय तथा भन्सार कार्यालयलगायतका कार्यालय प्रमुखसँग आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया