एमसीसी अनुमोदन पछि माओवादी केन्द्र महोत्तरीमा विवाद चुलियो

समाचार

महोत्तरी, १९ फागुन । नेकपा माओवादी केन्द्रसहित सत्तागठबन्धनले एमसीसी पास गराएपछि माओवादी केन्द्र महोत्तरीले तीव्र असन्तुष्टि जनाएको छ ।

एमसीसी पास गर्ने बहानामा व्याख्यात्मक विश्लेषणलाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरीत भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पाटी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन ।

माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुङ्गानाले फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै नेतृत्व अमेरिकी साम्राज्यवादतर्फ घुँडा टेकेको आरोप लगाएका छन ।

राष्ट्रियता, जनतन्त्र र जनजिविकाको एजेण्डा बोकेर १० वर्षसम्म जनयुद्ध लडेको पाटी नै एमसीसीको पक्षमा घुँडा टेक्नु स्विकार्य नहुने बताउँदै उनले विद्रोह गर्ने बताएका छन । त्यसैगरी जिल्लास्थित नेता तथा कार्यकर्ताहरूले पनि बाक्लै असन्तुष्टि जनाएका छन ।

कतिपय कार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै माओवादी नै त्याग्ने घोषणा समेत गरे । बर्दिबासका स्थानीय नेता सौरभ खडका र निरज अधिकारीले पनि पाटी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेता कार्यकर्ताको भावनामा ठेस पु¥याएको बताए । बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो ।

पाटी नेतृत्वको यो निर्णयले जिल्लामा पाटीभित्रको सुदृढीकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनैपनि हालतमा पास गर्न नसकिने अडान लिदै आएका थिए ।

एमसीसी राष्ट्रघाती सम्झौता भएको ठहर गर्दै अध्यक्ष प्रचण्डले लिएको अडानप्रति जिल्लाका नेता तथा कार्यकर्ताले निक्कै गर्व गर्दै आएका थिए । कतिपय नेताहरूले त नेतृत्व कुनैपनि हालतमा एमसीसीको पक्षमा नउभिने र उभिएपनि पार्टी नै छाडने चुनौती दिएका थिए ।

५ दिन अगाडि एमसीसीको पक्षमा पार्टी उभिए पाटी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकबाट अबदेखि माओवादीमा नरहेको सार्वजनिक गरेका छन् ।

माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गानाले पाटीको औचित्य सकिएको बताएका छन् । तर उनले पार्टी छोडने विषयमा प्रष्ट बनाएनन् ।
माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको विषयलाई लिएर आपत्ती जनाएका छन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ