पीडित भारतीयको गुनासो सम्बोधन

समाचार

वीरगन्ज, १९ फागुन । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले तेस्रो ‘ओपन हाउस फर कन्सुलर गुनासो’ आयोजना गरेको छ ।

‘आजादी का अमृत महोत्सव’ मनाउने क्रममा ओपन हाउसको अध्यक्षता कन्सुल जनरल नितेश कुमारले कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रमको उद्देश्य नेपालमा बसोबास गर्दै आएका पीडित भारतीय नागरिकको नियमित गैरकानसुलर गुनासो सम्बोधन गर्नु रहेको छ ।

कार्यक्रममा हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा उपमहाप्रबन्धक लगायत पर्सा र बारा जिल्लामा कार्यरत करिब २० जना भारतीयहरुको सहभागिता थियो भने त्यस क्रममा उनीहरुको गुनासा सम्बोधन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ