प्रथम वाणगंगा सडक खाना महोत्सव फागुन २७ मा

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २० फागुन । वाणगंगा नगरपालिकाको जीतपुरमा प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ फागुन २७ मा हुने भएको छ । स्थानीय युवाहरुको स्िरकयतामा उक्त महोत्सव संचालन गर्न लागिएको हो ।

जिल्लाको पहिचान ,आर्थिक समाजिक एवं सास्कृतिक विकासमा टेवा पुर्याउन सडक खाना महोत्सव राखिएको प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ मुल समारोह समितिका संयोजक बुद्धि बहादुर रोकाहाले जानकारी दिएका छन् ।

प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ को आयोजनामा राखिएको कार्यक्रमको सह आयोजक लुम्विनी प्रदेश सरकारको पर्यटन डिभिजन कार्यालय रुपन्देही रहेको छ । महोत्सवलाई वाणंगगा नगरपालिका र वाणगंगा नगरपालिका वडा नं ४ ले पनि सहयोग गरेको वडा नं ४ का अध्यक्ष गणेश बहादर क्षेत्रीले बताए ।

महोत्सवमा विविध सास्कृतिक कार्यक्रमका साथै मगर, थारु, नेवार लगायत विभिन्न जातजातीका स्थानीय तथा मौलिक खानाका परिकार राखिने महोत्सवका निर्देशक शुसिल सिंह ठकुरीले बताए ।

महोत्सव फागुन २७गते शुक्रबमरक दिन राखिएकोले स्थानीय तथा छिमेकी जिल्लाकापरिवार सहित आएर अवलोकन र मनोरन्जन लिन सकिले निर्देशक ठकुरीले बताए ।

महोत्सव पुर्व तयारी समितिको बैठकमा लुम्वनी प्रदेश सरकारकी पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री रिना नेपालले महोत्सवले स्थानीय स्तरमा सामाजिक तथा सास्कृतिक पक्षको मौलिकता विकास हुनुको साथै स्थानीय पर्यटन क्षेत्रमा पनि प्रर्वधन हुने बताइन् ।

साथै नेपालले प्रदेश सरकारले प्रदेश विभिन्न जिल्लाहरुमा पर्यटनका साथै सामाजिक,धार्मिक र सास्कृतिक पक्षको विकासमा विभिन्न कार्यायोजना वनाइ अगाडाी बढेको बताइन् ।

सो अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले युवाहरुले सबै पक्ष र तह संग मिलेर वाणगंगा सडक खाना महोत्सव २०७८ सफल पार्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ