राजविराज, २० फागुन । राजविराजमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला निर्वाचन कार्यालय घेराउ गर्न पुगेका जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गर्दा जनमतका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा संजय यादज, राजेश यादव, साधन दास, कल्पना यादव र प्रभु यादव रहेको जनमत पार्टीले जनाएको छ ।
उनीहरुले स्थानीय अस्पतालमा उपचार गराएका छन् । स्थानीय तहको निर्वाचनअघि किसानहरुले उठाएका मागहरु सम्बोधन हुनुपर्ने र साना राजनीतिक दलहरुलाई चुनाव चिन्ह प्रदान गर्नुपर्ने लगायतका माग राखेर पूर्व घोषित कार्यक्रम अनुसार जनमतका कार्यकर्ता निर्वाचन कार्यालय धर्ना दिन पुगेको थियो ।
प्रहरीले लाठी चार्ज गरेर कार्यालय अगाडी धर्ना बस्न नदिएपछि जनमतका कार्यकर्ताहरु सडकमै धर्ना बसेका थिए । उनीहरु सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया