स्कारपिओको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

रौतहट, २१ फागुन । गढीमाई नगरपालिका–८ स्थित सडकमा डब्लु बी ४० जेड ३८२० नम्बरको स्कारपिओको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिका–६ बस्ने ४५ वर्षीय सुरेन्द्र पंडितको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको झाझपुलस्थित ग्राण्डी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै सोही स्कारपिओको ठक्करबाट घाइते भएका साईकलयात्री माधवनारायण नगरपालिका–६ बस्ने ३५ वर्षीय सुरेन्द्र साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ