महोत्तरी, २१ फागुन । मटिहानी नगरपालिका–८ मटिहानी बजारस्थित सोही नगरपालिका–७ बस्ने भोला महतोको सीता किराना पसल अगाडि राखेको घुम्तीमा रहेको फ्रिजबाट बिद्युत सर्ट भई शनिबार बिहान आगलागी भएको छ ।
उक्त किराना पसल तथा सोही ठाउँस्थित अन्य ५ जनाको पसलमा समेत आगलागी हुँदा करिब ४५ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया