महोत्तरी, २१ फागुन । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महोत्तरीमा नागेश्वर यादव सर्वसम्मत निर्वाचित भएका छन् ।
पहिलो चरणको चुनावमा कसैले पनि ५१ प्रतिशत मत पु¥याउन नसकेपछि दोस्रो चरणको चुनावमा सहमति भएपछि यादव सर्वसहमत भएका हुन् ।
शुक्रवार भएको निर्वाचनमा ३ उम्मेदवार मध्ये कसैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापति चयनका लागि दोस्रो चरण चुनाव गर्नुपर्ने थियो ।
तर, चुनावी प्रतिस्पर्धाबाट पछाडि हटेर सहमति भएपछि नागेश्वर यादव सर्वसम्मत निर्वाचित भए ।
पहिलो चरणको चुनावमा जिल्ला सभापतिका तीन उम्मेदवारमध्ये नागेश्वर यादवले सबैभन्दा बढी १ हजार ११, सुशील यादवले ७ सय ७९ र बजरङ्ग नेपालीले ३ सय ६ मत प्राप्त भएका छन् ।
तपाईको प्रतिक्रिया