गण्डकीका मुख्यमन्त्री मधेश प्रदेश भ्रमणमा

समाचार

जनकपुरधाम, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मधेश प्रदेश भ्रमणमा आएका छन् । बुद्ध एयरले सुरु गरेको जनकपुर–पोखरा सिधा हवाई सेवाको अवसरमा उनी जनकपुरधाम आइपुगेका हुन् ।

प्रदेश–प्रदेश बीचको पर्यटन प्रवर्द्धनका लागि मधेश प्रदेशको भ्रमणमा गण्डकीका मुख्यमन्त्री जनकपुरधाम आएका हुन् । उनी बुद्ध एयरले शनिबारदेखि शुभारम्भ गरेको जनकपुर–पोखरा, पोखरा–जनकपुर सिधा हवाई सेवा शुभारम्भको अवसर पारेर जनकपुरधामको धार्मिक पर्यटक भएर आएका हुन् ।

मधेश प्रदेशको भ्रमणमा आउनुभएका मुख्यमन्त्री पोखरेलले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै आजको दिन ऐतिहासिक दिन भएको बताउँदै यसलाई शब्दमा बयान गर्न नसकिने बताए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको बताउँदै मधश प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै जनकपुर–पोखरा हवाई सेवाको शुभारम्भले दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा ठूलो मद्दत पुग्ने बताए ।

बुद्ध एयरले अहिले हप्तामा तीन दिन र पछि यात्रुको चाप हेरेर थप गरिने जनकपुर विमानस्थलका प्रमुख योगेन्द्र कुवरले जानकारी दिए । बुद्ध एयरले सोमबार, बिहीबार र शनिवार जनकपुरधाम–पोखराको उडान भर्ने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ