जनकपुरधाम, २२ फागुन । सामुदायिक रेडियोहरुको उपकरण बीमा र विद्युत महसुलमा अनुदानको लागि प्रदेश सरकारसँग माग गर्ने घोषणासहित सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) मधश प्रदेशको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
सर्लाहीको बागमतीमा सम्पन्न साधाारणसभाले सूचना तथा विज्ञापन प्रदेशभित्रका सचार माध्यामलाई दिने नीति तथा कार्यक्रम कार्यनयनका लागि दबाब दिने निर्णय समेत गरेको अकोराव प्रदेश २ का सचिव अच्युत पौडेलले जानकारी दिए ।
त्यसैगरी साधारणसभामा बार्षिक कार्यपत्र, आर्थिक प्रतिवेदन लगायत विभिन्न विषयमा छलफल गरिएको पौडेलले जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले प्रदेशभित्रका सञ्चार माध्यमहरुलाई के कसरी जोगाउन सकिन्छ भन्ने विषयमा सरकार सकारात्मक रहेको बताए ।
मन्त्री साहले मधेश प्रदेश सरकार आन्दोलनबाट आएको सरकार भएकोले सञ्चार माध्यमको समस्या सम्बोधनका लागि फेरि आन्दोलनकै स्थिति आउन नदिने बताए ।
प्रदेशभित्र रहेका हरेक सञ्चार माध्यमलाई सरकारले लोक कल्याणकारी बिज्ञापन वितरणमा पनि एकरुपता अपनाउने मन्त्री साहको भनाई थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले पत्रकारहरुले चलाएको पत्रपत्रिका तथा रेडियोहरुको बिज्ञापनमा एकरुपता नभएको गुनासो गरे ।
उनले सञ्चार माध्यहरुको स्थानीय तहमै भएको विज्ञापन पनि काठमाडौं केन्द्रित मिडियाहरुलाई जाने गरेको भन्दै स्थानीय तथा प्रदेश स्तरका संञ्चारमाध्यम उपेक्षामा परेको बताए ।
कार्यक्रममा बोल्दै आम सञ्चार प्राधिकरका अध्यक्ष श्यामसुन्दर यादवले रेडियो उपकरण को बिमा प्रदेश सरकार मार्फत गराईने प्रतिबद्धता ब्यक्त गरे ।
अकोराव मधेश प्रदेशका अध्यक्ष मनोज यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अकोराव सचिव अच्युत पौडेलले गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष उपासना तिवारी, मधेश प्रदेशका आठ वटै जिल्लाका सामुदायिक रेडियोका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया