बारा, २२ फागुन । हिन्दू परिषद नेपालको दोस्रो केन्द्रीय साधारण सभाबाट अध्यक्षमा पुनः सन्तोष पटेल चयन भएका छन् ।
जिल्लाको अमलेखगन्जस्थित एक होटेलमा शनिबार भएको साधारणसभाले पटेलको अध्यक्षतामा सर्वसहमतिले २० पदाधिकारीसहित १०१ केन्द्रीय कमिटी चयन गरेको हो ।
साधारणसभामा मुख्य रुपमा विधान संशोधन, केन्द्रीय कमिटी चयन, भावी योजनाबारे बृहत छलफल गरिएको थियो ।
एक अध्यक्ष र ५८ केन्द्रीय सदस्यहरुको सर्वसहमतिबाट साधारण सभाले अनुमोदन गरेको थियो र बाँकी सदस्यहरुको आवश्यकता अनुसार मनोनीत गर्ने भएको छ ।
साथै सदस्यहरुबाट पदाधिकारी चयन गर्ने जिम्मा नवनिर्वाचित केन्द्रीय अध्यक्ष पटेललाई दिएको छ ।
साधारणसभाबाट चयन भएका केन्द्रीय सदस्यहरु क्रमशः विजय गुप्ता, सुनिता रौनियार, संजय सर्राफ, लालबाबू प्रसाद कुर्मी, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, भरत सरार्फ, अजिता देवी पटेल, सजना खटिवटा, संजय अग्रवाल, उमेश साह कानू, किरण अग्रवाल, संतोष सरार्फ, सचितांनन्द दुबे, विनोद प्रसाद कुर्मी, सुनील गुप्ता, रमेश रौनियार, साहेब ठाकुर, राकेश चौधरी, कृष्णकान्त झा, दीपक चौधरी, मनोज ओझा, मनीष गुप्ता, पिंकी महासेठ, अमरेन्द्र साह, राधा मण्डल, राज कुमार रौनियार, शान्त बहादुर शाक्य, संतोष बस्नेत, श्यामसुन्दर राय, मनोज मण्डल, राम सोबित नायक, उपेन्द्र झा, बिभा ठाकुर, राममान सिंह महरजन, प्रीति रमण कलवार, साधना यादव, गायत्री साह, लोकनाथ भण्डारी, नबीन सिंह, मनोज राउत, लोकनाथ पाण्डे, दीपेन्द्र बुढा क्षेत्री, खगेन्द्र राज जोशी, अरुण झा, नितेश सिंह, तारकेश्वर कान्दू, ओमकार पाण्डे, नागेन्द्र सिंह, मनीराम रेग्मी, धीरेन्द्र मिश्रा, लक्ष्मी साह, शत्रुघ्न साह, रामेश्वर गुप्ता, मनोज बावरी, मनोज मित्तल, अमोद कुमार केवट चयन भएका थिए ।
साथै परिषदले समान उद्देश्य बोकेको संघ संस्थासँग सहकार्य गर्ने र सनातन धर्मको कार्य गर्ने व्यक्तिलाई उचित स्थान दिएर समाहित गर्ने सहमति भएको छ ।
परिषद्को ७ प्रदेश र ७७ जिल्लामा संगठनलाई अझ मजगूत गर्ने र जनजागरण, प्रशिक्षण, सभा लगायतको कार्यलाई तीव्रता दिने निर्णय भएको छ ।
तपाईको प्रतिक्रिया