काठमाडौं, २२ फागुन । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशलाई अर्ली इलेक्शनमा लैजाने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
संसद भवनमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष यादवले मुलुक अर्ली इलेक्सनमा जाने कुरा आफूलाई थाहा नभएको बताए ।
यादवले वर्तमान सरकार पूरा अवधिसम्म रहेर संसदको कार्यकाल समाप्त भएपछि मात्रै निर्वाचन हुने बताए ।
‘अर्ली इलेक्सनमा मुलुक जान्छ भनेर मलाई जानकारी छैन तर थाहा भएको कुरा के हो भने यो सरकार पूरै अवधिसम्म रहन्छ’, उनले भने, ‘संसदको अवधि समाप्त भएपछि मात्र निर्वाचन हुन्छ ।’
तपाईको प्रतिक्रिया