कृषि क्षेत्रमा उचित व्यवस्थापन गरे मात्र रोजगारी : अध्यक्ष मेहता

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, २२ फागुन । नेपाल पारा भेटरिनरी एण्ड लाइभस्टक एसोसियनका केन्द्रीय अध्यक्ष राम प्रसाद मेहताले कृषि क्षेत्रको उचित व्यवस्थापन गर्ने गरि काम गरे मात्र स्वरोजगार हुने बताएका छन् ।

मायादेवी गाउँपालिका पकडी कपिलवस्तुले आयोजना गरेको पशु स्वास्थ्य शिविरमा उनले यस्तो बताएका हुन् । कृषकको घरखेतमा प्राविधिक सेवा, कृषि ऋण, कृषि बीमा र बजारको व्यवस्थापन गरेर काम गरेमा कृषिको उत्पादन हुने र रोजगारी सिर्जना हुने बताए ।

साथै एसोसियसनले सरकारलाई दबाब दिई कृषि क्षेत्रमा विभिन्न तहमा दरबन्दी स्थानीय प्राविधिकहरुलाई रोजगारका साथै कृषि बीमा लगायतका कामहरु गर्दै आएको बताए ।

कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मीले गाउँपालिकाका सबै वडाका कृषि तथा पशुका कर्मचारीहरुको व्यस्थापन गरि किसानहरुलाई प्राविधिक सेवा दिइरहेको बताए ।

साथै स्थानीय स्रोत साधनको प्रयोग गरेर शिक्षा, कृषि तथा भौतिक पूर्वाधारमा काम गर्दै आएको समेत कुर्मीले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव, नेम्ला पूर्व केन्द्रीय अध्यक्ष खित बहादुर श्रेष्ठ, प्रदेश सयोजक हुमाकान्त पाण्डेय, वाणगंगगा नगरपालिकाका पशु सोव शाखा प्रमुख राजकुमार तिवारी, मायादेवी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख वडेलला कोहार लगायत बोलेका थिए ।

शिविरबाट गाउँपालिका क्षेत्रका १५० बढी किसानहरुले पशुको औषधी, घाँसको बीउ तथा प्राविधिक सेवा पाएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ