बाँके, २३ फागुन । खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगर र म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका–१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन् ।
रबिन्द्रले आफ्नै घरमा लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले रबिन्द्रको साथबाट उक्त लागूऔषध र घरमा लुकाइ राखेको उक्त पेस्तोल फेला पारी रबिन्द्र तथा उनीसँग कारोबार गर्ने मनिस र सुरेशलाई समेत पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया