बाँके, २४ फागुन । मोटरसाइकलको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु भएको छ । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा दुर्घटनामा दुई जना घाइतेसमेत भएका छन् ।
नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नंको मोटरसाइकलले सोमबार राति नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरी जवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका अस्थायी प्रहरी पोष्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाँसगढी नगरपालिका–६ बर्दिया निवासी शाहीको उपचारको क्रममा सोमबार राति मृत्यु भएको थियो भने प्रहरी जवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ ।
तपाईको प्रतिक्रिया