मरनी देवीलाई साहसी महिला सम्मान

समाचार

महोत्तरी, २४ फागुन । ११२औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मटिहानी नगरपालिका–९ सिमरदहीकी मरनी देवीलाई साहसी महिला सम्मान प्रदान गरिएको छ ।

बोक्सीको आरोपमा चरम यातना भोगेकी मरनी देवीलाई मटिहानी नगरपालिकाले मंगलबार सम्मानित गरेको हो ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मरनीलाई साहसी महिलाको सम्मान प्रदान गर्दै दोसल्ला अढोएर ५० हजार नगदसहित सम्मान गरेका हुन् ।

मरनीलाई ३० साउन २०५८ सालमा बोक्सीको आरोप लगाउँदै मलमूत्र खुवाई कटपिट गरी गम्भीर घाइते बनाइएको थियो ।

मटिहानी नगरपालिकाकी उपप्रमुख शिवोदेवी साहको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, ओरेक नेपालका लीला दयाली, कार्यपालिका सदस्य, महिला वडासदस्यहरु, महिला स्वंयमसेविका तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ