काठमाडौं, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय एकता अभियान सप्तरीले ‘सशक्त महिला समर्थ नेपाल’ नाराका साथ दिवस मनाएको छ ।
अभियानले एक औपचारिक कार्यक्रम गरी दिवस मनाउनुका साथै छलफल तथा सम्मान कार्यक्रमसमेत गरेको छ ।
कार्यक्रममा महिला सशक्तिकरणको विषयमा बृहत छलफल भएको छ ।
अभियानकी केन्द्रीय उपाध्यक्ष सुनीता साहको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा राजबिराज नगरपालिका वड़ा नंबर १४ का वड़ा अध्यक्ष शोभालाल मंडल, वड़ा सदस्य अभिनन्दन मंडल,दानालाल साह, शान्ति देवी, कोसिला देवी मण्डल, वड़ा सचिव चेतनारायण यादव, प्रअ राजकुमार मण्डल, एबं बंचित समाजका धुसका सदा, जरिया देवि सदा, मुन्नेशवरि देवि सदा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम अभियानकी जिल्ला संयोजक सुनीता चौधरीको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया