मणि प्रसाद गैह्रे, कपिलवस्तु, २५ फागुन । हात्तीपाइले रोग निवारणका लागि जिल्लामा फागुन २८ देखि अभियान संचालन हुन लागेको छ ।
जिल्लामा १३औ चरणको औषधी सेवन गर्ने कार्य पूरा गरे पनि हात्तीपाइलेको जीवाणु अझै फेला पारेपछि अभियान संचालन गर्न लागिएको स्वास्थय कार्यालय कपिलवस्तुले जनाएको छ ।
तौलिहवामा आयोजित पत्रकाहरुसँग अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले सो जानकारी गराएका हुन् ।
२ महिना अघि कपिलवस्तुको महाराजगंज र कृष्णनगर नगरपालिका गरी ७ सय ५५ जनामा गरिएको नमुना परिक्षण पछि करिब साढे ८ प्रतिशतमा हात्तीपाईलेका जीवाणु फेला परेको थियो ।
पाण्डेले २८ गते बाट १० वटा पालिकाहरुले ९६ वडामा रहेको खोप केन्द्रमा आमरुपमा औषधी सेवनको अभियान संचालन गरने बताए ।
२ बर्ष माथीका सबैलाई लीक्षत गरी अभियान संचालन गरिने स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।
बिगत बर्षहरुमा यो रोग बिरुद्ध आम औषधी सेवन ( एमडिए ) संचालन गरिएकोमा यस बर्ष देखि आईडिए अभियान चलाईने उनले बताए । यस बर्ष देखि हात्तीपाईले बिरुद्ध एउटा औाषधी थपिएको उनले बताए ।
थपिएको आईभरमेक्टीन सहीत डिईसि र एलवेन्डाजोल गरी ३ प्रकारका औषधी अभियानमा खुवाउने कार्यक्रम छ । यी औषधी २ बर्ष सेवन गरे हात्तीपाईलेबाट छुटकारा पाइने छ । ब्यक्तिको उचाईका आधारमा औषधी खुवाईन बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका फोकल पर्सन उदयचन्द्र चौरसियाले फागुन २८ गते देखि संचालन हुने अभियानमा २ बर्ष माथीका ६ लाख २० हजार ४९१ जालाइर्ए खुवाईन अनुमान गरिएको बताए । अभियानमा ६ सय ११ जना स्वास्थयकर्मी र १ हजार ५०५ जना महिला स्वास्थ्य स्वयमसेबिका परिचालन गरिनेछ ।
सो अवसरमा कपलवस्तु अस्पतालका मेडिकल अधिकृत गणेश क्षेत्रीले औषधी सेवनवाट कुनै जटिल समस्या नहुने हुंदा ढुक्क संग स्वास्थ्यकर्मीले उपलब्ध गराएको मात्रा र सल्लाहा अनुसार सेवन गर्न आग्रह गरेका छन् । यो अभियान कपिलवस्तु सहीत देशका १० जिल्लामा संचालन हुनेछ ।
तपाईको प्रतिक्रिया