ब्राउनसुगरसहित एक जना पक्राउ

समाचार

बाँके, २५ फागुन । नेपालगंज उपमहानगरपालिका–१ धम्बोझीमा माही किराना पसल संचालन गरी बस्ने सकिल कुरेसिलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।

४ ग्राम ९ सय मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित बुधबार दिउँसो उनलाई प्ररहीले पक्राउ गरेको हो ।

उनको पसलमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ