दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु

समाचार

महोत्तरी, २५ फागुन । औरही नगरपालिका–४ स्थित सडकमा प्र.२–०२–००३ प ५१५९ नम्बरको मोटरसाइकल र ना.५ ख ७७२७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुई मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ निगौल बस्ने ४० वर्षीय रामपुनित ठाकुरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशाला हुँदै थप उपचारको लागि जनकपुरतर्फ पठाईएकोमा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएकी रामपुनितकी पत्नी ३८ वर्षीया उर्मिला ठाकुरको जनकपुर अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ