बाँके, २५ फागुन । नेपालगञ्ज उपमहानगरपालिका–३ एकलाईनिस्थित डेरा गरी बस्ने एजाज रङ्गरेजको मुस्कान जनरल स्टोर (खेलौना पसल)मा विद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया