माओवादीबाट निर्वाचित मेयर, उपमेयर, वडाध्यक्षसहित हजारौं एमालेमा प्रवेश

समाचार

विराटनगर, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर वडा अध्यक्षसहित ४ हजार ७ सय १० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल वडा ५ अध्यक्ष महानन्द मण्डल पनि छन् ।

एमालेमा प्रवेश गरेका अध्यक्ष मण्डल र खनाल पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका हुन् । वडा सदस्य शंकर साहले पनि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ