मन्त्री साहद्वारा सामुदायिक भवन उद्घाटन

समाचार

सप्तरी, २६ फागुन । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १४ रम्पुरामा निर्मित सामुदायिक भवनको उद्घाटन भएको छ ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले सो सामुदायिक भवनको उद्घाटन गरेका छन् ।

सामाजिक विकास मन्त्रालय र मन्त्री साहको संयुक्त लगानीमा निर्मित उक्त भवनले रम्पुरा मल्हनिया लगायतका जनताहरुको सामुहिक कार्यमा कोशेढुगां सावित हुने मन्त्री साहले बताए ।

वडा नं १४ का वडा अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा प्रदेश सदस्य गुड्डु सिंह, युवा नेता सत्यनारायण यादव लगायत सयौंको सख्यामा जनसमुदायको उपस्थिति रहेको थियो । — कमल मण्डल

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ