काठमाडौं, २६ फागुन । हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य पिंकी महासेठले अब हिन्दू राष्ट्र नेपालको अलावा कुनै बिकल्प नरहेको बताएकी छन् ।
बिहीबार मधेशवाणीसँगको संक्षिप्त कुराकानीमा महासेठले सो कुरामा जोड दिएकी छन् ।
बहुरूपिया र विदेशी दलालहरुले नेपाललाई धर्म निरपेक्षको आडमा विखण्डन गर्न लागिपरेको आरोप उनले लगाइन् ।
उनले भनिन्, ‘आज मुलुकमा जसरी इसाई र इस्लामिकरणसँगै धर्मानान्तरण भई रहेकोले डरलाग्दो अवस्था सिर्जना भएको छ ।’
मुलुक बचाउन र सम्पूर्ण नेपालीलाई एक सूत्रमा बाँध्ने सेतु हिन्दू राष्ट्र नेपाल रहेको बताएकी हुन् ।
तपाईको प्रतिक्रिया