कुष्ठरोग उन्मुलनको लागि मधेश सरकारले विशेष अभियान चलाउने

समाचार

जनकपुरधाम, २६ फागुन । कुष्ठरोग उन्मुलनको लागि मधेश प्रदेश सरकारले विशेष अभियान संचालन गर्ने भएको छ ।जिल्लाभरि रहेका कुष्ठरोगीको संख्या, अवस्थाको विषयमा खोजतालस गरि उपचारको व्यवस्थापनको गर्ने प्रदेश सरकारले जनाएको छ ।

मधेश प्रदेश सरकारका प्रदेश स्वास्थ्य निर्देशनालयले त्यसका लागि सोमबार स्थानीय निकायका प्रमुख उपप्रमुख तथा सरोकारवाला निकायसँग अन्तर्गतक्रिया समेत गरेको छ ।

कार्यक्रममा सहभागीहरूले नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि धनुषामा तीन वर्षका लागि शुरु हुन लागेको कुष्ठरोगी पत्ता लगाउने अभियान सफल बनाउनका लागि पालिकाहरूको साथ तथा सक्रियता आवश्यक रहेको जोड दिइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवले कुष्ठरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य पुरा गर्नका लागि धनुषामा सञ्चालन हुने अभियान सफल बनाउन हरेक पालिकाले सहयोग गर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ