मटिहानीको विकासका लागि केन्द्र सरकारले दियो ५० करोड

समाचार

महोत्तरी, २६ फागुन । महोत्तरीको मटिहानी नगरपालिकाको विकासका लागि संघीय सरकारले ५० करोड रुपैयाँ बजेट दिएको छ ।

नगरपालिकाको विकास निर्माणका लागि शहरी विकास मन्त्रालयले सघन शहरी कार्यक्रम अन्तर्गत मटिहानीलाई ५० करोड बजेट उपलब्ध गराएको हो ।

मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलकाअनुसार ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मटिहानीमा सडक, नाला, आयआर्जन, तालतलैया सौन्दर्यकरणलगायतको विकासका लागि संघीय सरकारले बजेट उपलब्ध गराएको हो ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले केही महिनाअघि मटिहानी भ्रमणको क्रममा नगरपालिकालाई ५० करोड बजेटको उपहार दिने बताएकी थिइन् ।

मन्त्री झाँक्रीको भ्रमणले मटिहानीलाई विकासको गतिमा अगाडि बढाउन ठूलो योग्दान दिएको मेयर मण्डलको भनाइ छ ।

मेयर मण्डलले भने,‘मन्त्रालयबाट प्राप्त कूल बजेटको लगभग ५० प्रतिशत सडक र नालाका खर्च हुन्छ । करिब ३० प्रतिशत बसपार्क, व्यपारिक भवन, बजारको सौन्दर्यकरणमा खर्च हुन्छ । १५ प्रतिशतको हाराहारीमा तालतलैया, पोखरी संरक्षण तथा सौन्दर्यकारणका लागि बजेट खर्चिनेछ ।’

यस्तै करिब ५ प्रतिशत सभाहल, पुस्तकालय निर्माण गर्न लगायत अन्य कामका लागि प्राप्त भएको उनले खुलाए । गाउँगाउँलाई जोडेर नगरपालिका भित्र रिंग रोड निर्माण गर्ने योजना पनि रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ