उद्योगपति हीरालाल केडियाको निधन

समाचार

काठमाडौं, २६ फागुन । चर्चित उद्योगी हीरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्व हीरालालको ८६ वर्ष उमेरमा निधन भएको हो ।

हीरालालको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आएका छन् । उनी मारवाडी सेवा ट्रष्टका अध्यक्षसमेत थिए ।

देशकै प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हीरालालको अन्तिम सस्कार सर्लाहीको बाग्मती नदी किनारमा गरिएको छ ।

अन्तिम सस्कारमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलगायत विशिष्ट उद्योगी व्यवसायी एवं जनताले श्रद्धाञ्जली दिएका थिए ।

हीरालालले वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दुई कार्यकाल काम गरेका थिए । उनी केडिया अस्पताल वीरगञ्जका पनि अध्यक्ष थिए । उनका चार छोरा रमेश, सुरेश, राजेश र विमल तथा श्रीमती पर्मेश्वरीदेवी केडिया रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ