वीरगंज, २६ फागुन । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रियामा महिलाहरूको संघर्ष, उपलब्धि र पूर्वाग्रह तोड्ने तरिका र उपायहरूबारे चर्चा गरेका थिए ।
मधेस प्रदेशका करिब २५ प्रतिष्ठित महिलाहरुले कार्यक्रममा यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘दिगो भविष्यको लागि आज लैङ्गिक समानता’ मा आफ्ना विचार राखेका थिए । सोही क्रममा उनीहरुले महिलाहरुले आफ्नो संघर्षका कथाव्यथासँगै उपलब्धिबारे चर्चा गरेका हुन् ।
उनीहरुले कसैप्रति पूर्वाग्रह राख्न नहुने र त्यसलाई तोड्ने उपायबारे विचार विमर्श गरेको महावाणिज्य दूतावासले जनाएको छ ।
कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले यस्ता कार्यक्रम आयोजनाको महत्व र आवश्यकतामा जोड दिएका थिए ।
कार्यक्रममा राजनीति, व्यवसाय, शिक्षण, सामाजिक कार्य र नागरिक समाजलगायतका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया