करोडौंमा किनेको बस मधेश सरकारले नचलाउने

समाचार

जनकपुरधाम, २६ फागुन । मधेश सरकारले सर्वसाधारणका लागि खरिद गरेको पाँचवटा बस डेढ वर्ष बितेपछि नचलाउने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशबासीका लागि खरिद गरेको बस विभिन्न संघ संस्थाहरुलाई चलाउनका लागि दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २ वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई १÷१ वटा बस दिने निर्णय गरेको छ ।

मधेस सरकारका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन स्थापना सोचका साथ २०७७ सालको धनतेरसका दिन भ्याट सहित ३ करोड ३९ लाख ९० हजार रुपैयाँमा बस खरिद गरेका थिए ।

तर मन्त्री फेरिएपछि योजना नै प्रभावित भएको हो । प्रदेश सरकारका प्रवक्ता मन्त्री साहले बस संचालन गर्दा खर्च निकै हुने, कर्मचारीहरुको व्यवस्था गर्नुपर्ने लागयत धेरै पुर्वाधारको विकास आवश्यक पर्ने भएकोले बसहरुलाई विभिन्न संघ संस्थाहरुलाई दिने निर्णय गरेको बताए ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने, युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ