बुटवलमा कृषि मेला हुने

समाचार

रुपन्देही, २६ फागुन । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आगामी चैतमा विशिष्टिकृत ‘कृषि मेला–२०७८’ गर्ने भएको छ ।

संघको हालै बसेको कार्यसमिति बैठकले कृषि मेला गर्ने निर्णय गर्दै त्यसको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमिति गठन गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी गराए ।

संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले व्यवसायिक कृषि, कृषिमा प्रविधि, कृषि उपकरण, कृषि उत्पादनलाई जोड दिँदै आगामी चैत १० देखि १४ गतेसम्म कृषि मेला–२०७८ गर्ने निर्णय गरिएको हो ।

पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा कुल ४५ स्टल राखिने छ । मेलामा कृषि तथा पशुपालन सम्बन्धि विशिष्ट उत्पादनको प्रदर्शनी गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ