औद्योगिक कोरिडोर घोषणा गर्न बारा–पर्साका उद्योगीको आग्रह

समाचार

वीरगन्ज, २७ फागुन । वीरगन्जका उद्योगी व्यवसायीहरुले बारा–पर्सामा रहेका औद्योगिक क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गर्न माग गरेका छन् ।

वीरगन्जमा बिहीबार विभिन्न कार्यक्रम भाग लिन आएका प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर उनीहरुले पर्सा–बारामा रहेका औद्योगिक क्षेत्रलाई औपचारिकरुपमा औद्योगिक कोरिडोर घोषणा गर्न माग गरेका हुन् ।

उनीहरुले पर्सा बारामा मुलुककै प्रमुख औद्योगिक क्षेत्र सन्चालनमा रहेपनि अहिलेसम्म सरकारले औद्योगिक कोरिडोर घोषणा नगर्दा उद्योगधन्दा फस्टाउन नसकेको गुनासो प्रधानमन्त्रीसँग गरे ।

प्रधानमन्त्रीसँगको भेटमा उद्योगीहरुले तराई मधेस–काठमाण्डौं द्रुतमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य समयसीमा नै तोकेर सम्पन्न गरिदिन पनि आग्रह गरे । प्रमुख नाकामा रहेको मितेरी पुलको पुर्ननिर्माण र विस्तार गरी सौन्दर्यकरण गरिदिन पनि उनीहरुको आग्रह थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ