काठमाडौं, २८ फागुन । हिन्दू परिषद् नेपालको टोलीले शनिबार आराध्य देव भगवान पशुपतिनाथको मन्दिरमा पूजापाठ गरेको छ ।
सनातन हिन्दू राष्ट्र नेपाल कायम होस् एवं नेपालीहरुको सुख, शान्ति र समृद्धि हेतु परिषदको टोलीले विशेष पूजापाठ गरेको अध्यक्ष पटेलले जनाएका छन् ।
टोलीमा परिषद्का केन्द्रीय अध्यक्ष पटेल, केन्द्रीय सदस्यहरु बिजय गुप्ता, सुनीता रौनियार, लालबाबु प्रसाद कुर्मी, पिंकी महासेठ, राम सोबित नायक, अमोद कुमार केवट, साधना यादव, प्रीति रमण, मनोज राउत, गायत्री साह, केन्द्रीय सल्लहकार महेन्द्र चौधरी, इंजीनियर जगदीश रौनियार, संदीप राय, युवा अभियन्ता पपु यादव,उपत्यका कमिटी उपाध्यक्ष राम स्वार्थ पटेल,सचिव अनिल यादव, कोषाध्यक्ष राजीव देव्,सदस्य अवधेश कुमार, पशुपतिनाथ मन्दिरका पुजारी केदार भण्डारी लगायतको सहभागिता रहेको थियो ।
साथै टोलीले उपत्यका क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, महाकाल मन्दिर, श्री राम मन्दिर, भद्रकाली मन्दिर, बगलामुखी मन्दिरमा पूजापाठ गरेको थियो ।
तपाईको प्रतिक्रिया