वीरगन्ज, २८ फागुन । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेयर सरावगीलाई एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगीले मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेका छन् ।
सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया