सप्तरी, २९ फागुन । जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ टेंग्रीमा शनिबार राति भिषण आगलागी भएको छ ।
सो आगलागीमा ११ परिवारको घर पूर्ण रुपमा सखाप भएको छ भने २५ वटा घर नष्ट भएको छ ।
सो आगलागीबाट दिनेश कुमार यादव, श्याम यादव, डम्बर यादव, फुलदेव, राजेन्द्र, भोला, मनोज, महेश, वृजमान, सत्यनारायण यादव लगायतको व्यक्तिको घर पूर्ण रुपमा नष्ट भएको हो ।
आगो लागेको करिब ढेड घण्टा पश्चात घटना स्थलमा वारुणयन्त्र पुगेको र सो भन्दा पहिले नै स्थानीयबासीहरुले आगो नियन्त्रणमा लिएको बताइएको छ ।
सो आगलागीबाट करिब २ करोडभन्दी बढीको धनमाल जलेर नष्ट भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया