काठमाडौं, २९ फागुन । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सत्तारुढ नेपाली कांग्रेसले चुनावी अभियान प्रारम्भ गर्दैछ ।
चैत २९ गतेसम्म एक महिना सञ्चालन हुने उक्त अभियानको आइतबार प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ नारासहित प्रारम्भ हुने अभियान ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ थालनी गर्ने काँग्रेसको तयारी छ ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु पुगिसकेका छन् ।
अभियानका दौरान कांग्रेसले टोल समितिहरु गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरुको प्रचार गर्नेछ ।
१ महिने अभियानपश्चात केन्द्रीय प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ ।
तपाईको प्रतिक्रिया