सर्लाही, ३० फागुन । नेपाली कांग्रेस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । उनले एक हजार सात सय ५८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण रायले एक हजार तीन सय ७८ मत प्राप्त गरेका छन् ।
१४ औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति पदमा नवीन अधिकारी, डा सरोजकुमार, शेख सदुल्लाहल निर्वाचित भएका छन् ।
त्यस्तै सचिबमा नीरज कार्की, सहसचिव इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाहा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
तपाईको प्रतिक्रिया