कैलाली, ३० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणा अनुमोदनले राष्ट्रिय राजनीतिमा एकताको वातावरण बनेको बताएका छन् ।
प्रेस सेन्टर कैलालीद्वारा सोमबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले व्याख्यात्मक घोषणाको वैधानिकताका बारे जनताले बुझ्दै गएपछि एमसिसी ठिकै छ भन्ने परेको बताए ।
उनले अर्ली ईलेक्सनको सम्भावना नरहेको उल्लेख गर्दै अहिले सत्ता गठबन्धनमा कुनै अप्ठ्यारो छैन, गठबन्धन ठिकै ढङ्गले अघि बढिरहेको बताए ।
अध्यक्ष प्रचण्डले तीन दलका बिच सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल हेरफेरका विषयमा छलफल भएको र सरकारमा कांग्रेसको सहभागिता गर्न सहमति भएको बताएका थिए ।
तपाईको प्रतिक्रिया