काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा) ले प्रदीप यादवमाथिको कारबाही फिर्ता लिएको छ ।
फागुन १३ गतेदेखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीकाले बताए ।
यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवको विरोध गरेपछि सांसद यादवलाई केन्द्रीय सदस्यबाट हटाएको थियो । जसपाबाट गठबन्धन सरकारमा आफूलाई मन्त्री नबनाएको भन्दै सांसद यादवले विरोध जनाएका थिए ।
तपाईको प्रतिक्रिया