रौतहट, ३० फागुन । ईशनाथ नगरपालिका–५ लक्ष्मीनिया टोल बस्ने ५० वर्षीय तेजा हुसेन खानको घरमा लामखुट्टे धपाउनको लागि बालेको आगोबाट आइतबार राति आगलागी भएको छ ।
सो आगलागीमा २ थान साइकल, फर्निचरको सामान, सोही घरमा रहेको किराना पसलको सामान, अन्नपात लत्ताकपडा लगायतको सामान पूर्णरुपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया