रुपन्देही, ३० फागुन । कञ्चन गाउँपालिका–३ लखनचोक बस्ने ४३ वर्षीय कृष्ण भण्डारी र सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर श्रीसलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
करिब २ ग्राम ८७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित सोमबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया