महोत्तरी, ३० फागुन । जिल्लाको मटिहानी नगरपालिका नगर प्रमुख (मेयर) हरि प्रसाद मण्डलले सिमरदहीमा नवनिर्मित बक्स कलभर्ट (पुल)को एक समारोहबीच उद्घाटन गरेका छन् ।
मटिहानी नगरपालिकाको सिमरदही र जलेश्वर नगरपालिकाको पिगौना जोडने सो कलभर्ट २४ लाख ८७ हजारको लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको कुरा पालिकाका इन्जिनियर विमलेश साहले बताएका छन् ।
कलभर्टको लम्बाई ८ मिटर रहेको छ भने चौडाई ५ मिटर रहेको छ ।
वर्षौंदेखि सिमरदहीमा रहेको सो सडक खण्डको धोबियाही पैनिमा कलभर्ट नहुँदा जनतालाई आवत–जावतमा समस्या हुँदै आएको थियो ।
यसैबीच कार्यक्रममा बोल्दै नगर प्रमुख मण्डलले दुई वटा पालिकालाई जोड्ने सडकमा कलभर्ट निर्माणले आवागमनमा सहज हुने बताए ।
मटिहानी नगरपालिका वड़ा नं. ९ का वाड़ाध्यक्ष आबिद हुसैनको सभापतित्वमा सम्पन्न कार्यक्रममा ने.का. का मदन चौधरी, नेकपा एमालेका रामदहिन चौधरी, लो.स.पा.का मोसाफिर सहनी, दिनेश चौधरी, वड़ा सदस्य मोलाजिम नदाफ ,मो. कासिम अंसारी, सरोज चौधरी लगायतका स्थानीयहरूको सहभागिता रहेका थिए ।
तपाईको प्रतिक्रिया