मधेशी एकता समाजले दुबईमा मनायो ‘होली रंगोत्सव’

समाचार

काठमाडौं, १ चैत । मधेशी एकता समाजले होलीको अवसरमा युएई का विभिन्न इमरातमा रहेका मधेशीलाई लक्षित गरि भव्यताका साथ “होली रंगोत्सव” को आयोजना गरेको छ ।

सुरुवाती दौरमा मधेशी एकता समाजका संथापक डा रविन्द्र कुमार यादवको नेतृत्वमा युएई मा रहेका मधेशीहरुले २०१६ मा अल एन सहरको जबल हफितमा पहिलो होली मनाएको थियो ।

तत्पश्चात मधेशी समाजले युएईका विभिन्न स्थानमा अनौपचारिक रुपमा होली आयोजना गर्दै आएको थियो ।

युएईमा रहेका मधेशीहरुले २०१६ मा अल एनको जबल हफितमा मनाएको पहिलो होली यिनै भेटघाट, संवाद तथा मधेशी समाजका अग्रजहरुको विमर्शबाट युएईमा रहेका मधेशीहरुलाई एक गैर राजनैतिक सामाजिक संगठनको आवस्यकता महसुस गरेर मधेशी एकता समाजको गठन भएको हो ।

विश्वभरि रहेका मधेशीहरुलाई एकै छाता मुनि आएर मधेशी हक–हितका लागि काम गर्न यो संस्थाको निर्माण भएको हो ।

१३ मार्च २०२२ आइतबारको दिन होली रंगोत्सवमा तीन सयभन्दा बढी संख्यामा मधेशीहरू सहभागी भएका थिए ।

साथै नेपालबाट मधेशका प्रसिद्ध गायक सन्तोष सहनी, मधेशमा चर्चित र प्रख्यात टिक–टक स्टार आरती चौधरी, बाल कलाकार अंकिता शर्मा, गायक ब्रजेश सिंह, राम यादव , दिनेश साह, का साथै नृत्यांगना प्रमिला रिजाल, टिक–टक स्टार सलामत, इन्द्र सिन्चुरी, देव श्रेष्ठ, नेपाली बोयजÞ टिम होली समारोहमा सांस्कृतिक कार्यक्रम राखेको थियो ।

कार्यक्रममा विभिन्न स्थानीय मधेशी कलाकारहरूले आ–आफ्नो कला प्रस्तुत गरेका थिए साथै नेपाली कलाकार संघका कलाकारहरु र नेपाली बोय्जÞ टिम ले पनि सांस्कृतिक पहिचान झल्किने गरी प्रस्तुति दिएका थिए ।

यस कार्यक्रममा प्रमुख अतिथित्व स्वीकार गरेर नेपाली राजदुतावासबाट द्वितीय सचिव भुवन ओझाले मधेशी एकता समाजलाइ बधाई दिंदै होलीलाई रंग को उत्सव संज्ञा दिंदै विदेश मा रहेका नेपालीहरु ले विदेशमा पनि होली आयोजनाले दुतावासलाई गौरवान्वित तुल्याएको बताए ।

उनले डा रबिन्द्र यादवलाई धन्यवाद दिंदै मधेशी एकता समाजको कार्यकर्म को प्रसंशा गरेका थिए ।

यसका साथै मधेशी एकता समाजका अध्यक्ष कार्यक्रमको सभापति मुकेश झा, उपाध्यक्ष कृष्णा ठाकुर, उपाध्यक्ष लाल बाबु सिंह, उपाध्यक्ष धर्मेन्द्र गोहिवार, कोषाअध्यक्ष अनिल साह, नेपाल इकाईको अध्यक्ष डा बबी सिंह, राधे यादव, जिवछ मिश्र लगायत अन्य पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम संचालन गरेका थिए । कार्यक्रमको संयोजक मधेशी एकता समाजका ललित रायले गरेका थिए ।

मधेशी एकता समाजका संस्थापक डा रबिन्द्र यादवले मधेशी एकता समाजले विदेशमा रहेका र समस्या मा रहेका मधेशीहरूको समस्या समाधान गर्नुको साथै नेपालमा पनि मधेशी समाजमा आपत–बिपत जस्तै बढी, आगजनी आदि हुँदा सहयोग गर्दै आएको बताए ।

अहिले यु ए ई बाट विस्तार भएर विश्वभरि यस संस्था को निर्माण हुने कुरा पनि डा यादवले जानकारी गराए । यस एकता समाजले मधेशीहरुबीच आपसी सहयोग, सद्भाव तथा समन्वय गर्दै विभिन्न कार्यक्रम गर्नुको साथै मधेश र मधेशीको उत्थानको लागि मुलभूत रुपमा काम गर्ने कुरा उपाध्यक्ष कृष्णा ठाकुरले जानकारी गराए ।

 
  
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ